३ कार्तिक २०८१, शनिबार

पछिल्लो २४ घण्टामा देशभर ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  14 September, 2020 4:57 pm


काठमाडौ,२९ भदौ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा ११ सय ७० जनामा संक्रमण प’ष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९७९ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !