३ कार्तिक २०८१, शनिबार

देशभर १,४५९ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

प्रकाशित मिति :  15 September, 2020 4:48 pm


काठमाडौं, ३० भदौ ।

देशभर थप १,४५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०,३७५ जनामा गरिएको परीक्षणमा १,४५९ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

थपिएका संक्रमितसँग देशभर सकृय संक्रमितको संख्या १५,७८९ पुगेको छ । थप १,०६२ जना कोरोना संक्रमित निको भएर घर फर्किसँगै कोरोना जित्नेको कुल संख्या ४०,६३८ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित

प्रदेश १ अन्तर्गत ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, ताप्लेजुङमा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १११, संखुसभामा १ र सुनसरीमा १७ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ मा धनुषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, रौतहटमा २६, सप्तरीमा २४, सर्लाहीमा ४ र सिराहमा १६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित फेला परेका छन् । काठमाडौं जिल्लामा मात्रै ५५५ जना कोरोना संक्रमित थपिएका छन् । यो देशभरीकै सबैभन्दा धेरै र काठमाडौं जिल्लाकै अहिलेसम्मको सर्वाधिक संख्या हो । त्यस्तै भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका छन् ।

काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, मकवानपुरमा ८७, रामेछापमा २, सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेश अन्तर्गत कास्कीमा ७, गोरखामा ५, तनहुँमा ९, नवलपरासी पूर्वमा २१, मनाङमा १, लमजुङमा ४, स्याङ्जामा १४ जना संक्रमित थपिएका छन् ।

प्रदेश ५ मा अर्घाखाँचीमा ३, गुल्मीमा ३, दाङमा २६, नवलपरासीमा ३, पाल्पामा १६, बर्दियामा १, बाँकेमा २७, रुपन्देहीमा ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा दैलेखमा २, सल्यानमा २, सुर्खेतमा २३ जना भेटिएका छन् । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा ११, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा ३, बझा ङमा २ र बैतडीमा ८ जनामा थप कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङमा उल्लेख छ ।

११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ । मृतकमा सर्लाहीमा १, सिराहमा १, बारामा २, काठमाडौंमा ४, मकवानपुरमा १, रुपन्देहीमा १ र कपिलवस्तुमा १ जना रहेका छन् । यससँगै कोरोना संक्रमित मृतकको संख्या ३७१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !