३ आश्विन २०८१, बिहिबार

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

प्रकाशित मिति :  15 September, 2020 8:19 pm


काठमाडौं, ३० भदौ ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् ।

बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए । उनले लुम्बिनी सञ्चारसँग भने,”परिषदबाट अर्को निर्णय नहुँदासम्म उर्जामन्त्री ज्यूले जिम्मेवारी तोक्नुभएको हो ।”

कुलमान घिसिङको कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्। कोइराला वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक बनेका हुन् ।

यसअघि घिसिङ बाहिर जाँदा पनि जिम्मेवारी कोइरालालाई दिएर जाने गर्थे । वरिष्ठताका आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !