३ आश्विन २०८१, बिहिबार

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा

प्रकाशित मिति :  17 September, 2020 8:39 am


काठमाडौं, १ असोज । 

कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजदेखि खुलेका छन् ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले देशभर लकडाउन सुरु गरेको थियो । लकडाउनसँगै सार्वजनिक यातायात पनि बन्द भएका थिए । यातायात व्यवसायीहरुले आजदेखि यायाता सञ्चालनमा ल्याउने बताएका छन् ।

सार्वजनिक यातायात सञ्चालन गर्दा साबिक भाडामा ५० प्रतिशत बढी लिन पाइने छ भने सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउनुपर्ने सरकारले निर्णय गरेको छ । यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोगसहित तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

स्वास्थ्य सावधानीका उपाय पालना गरेरनगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा जाँच गरिने सरकारले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगरेको पाइए कारबाही गर्ने सरकारले जनाएको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने व्यवस्था गरिएको छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।

सार्वजनिक यातायात खुलेपनि कोरोना जोखिम कायमै रहेको विज्ञहरुको भनाई छ । पहिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या थप बढेको देखिएको छ । जनस्वास्थ्य विज्ञहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा वा भिडभाड गर्दा सचेतना अपनाउन आग्रह गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !