९ मंसिर २०८१, आइतबार

शहरमा दिगो कृषि गर्ने तरिका (क्यूवाको अनुभवसहित)

प्रकाशित मिति :  17 September, 2020 10:12 am


शहरमा दिगो कृषि

धेरै भन्दा धेरै मानिसहरू आफूले खानको लागि रोजगार सृजना गर्न र खेतमा काम गर्ने आफ्नो ज्ञान र परम्परालाई बचाइराख्न शहरमा खेती र बगैंचाहरू बनाइरहेका हुन्छन् ।

अन्नबाली र रुखहरू सहितको हरियो ठाउँ बनाउनाले शहरहरूको हावा राम्रो बनाउँछ र दम जस्तो वायु प्रदुषणले लाग्ने रोगहरू घटाउँछ । फोहोर फाल्ने, काम नलाने र खाली ठाउँहरु खेत र बगैचाहरू बनाउने शेरमा परिवर्तन गर्दा शहरलाई स्वस्थ र बनाउँछ ।

सानो ठाउँहरूलाई कृषिको लागि अनुकूलन बनाउनु

-छवाली, पर्खालहरू र अरु सहारामा बिरुवाहरू हुर्काउनुहोस् ।  घरका छेउहरू,लहरा जाने विरुवाको निम्ति सबभन्दा राम्रो हुनसक्छ ।

-कौशी र बार्दलीहरूमा बाल्टिन, झोला, टायर, टिनको बट्टा र पुरानो टोकरीहरूमा राखेर अन्न उमार्नुहोस् । पानीको नली भएको जुनसुकै भाँडों तपाई प्रयोग गर्न सक्नुहुन्छ । पात खाने बाली जस्तैः पालुङ्गो र निरी (Lettuee) को साग तरकारीहरू जस्तैः गोलभेडा, मरिच र भन्टाहरू भाँडामा राम्रोसँग बढ्छ । केरा, नेभारो, भूई कटहर, होंचो नीबु (Dwart Citrus)  र होचो आँप । Dwarf Mango  हरू भाँडामा राम्रोसंग बढ्छ ।

-मकैको खोस्टा, धान वा कोकाका भूस (hulls) , पात र पुरानो पत्रिकाका ट्क्राहरू जस्ता जैविक पदार्थ हरूले २० से.मि. गहिरो बगैंचाको सतहमा भर्न सकिन्छ । थोरै माटो समेत भएको सानो बिरुवाहरू जैविक पदार्थमा भएका खालमा रोप्नुहोस् र तिनीहरू त्यहाँ छरिनेछ । केही समय पछि जैविक पदार्थहरू माटोमा बदलिनेछ ।

-अग्लो रोप्ने ठाउँ बनाउनुहोस् अथवा ढुङ्गा रोडाको सतहमा १ मिटर ठाडो माटो हाल्नुहोस् र ठूलो भाँडाले वरिपरि बेरिदिनुहोस् ।

-बीउहरू वा सानो बिरुवाहरूलाई सामान्य भन्दा नजिक रोप्नुहोस् । यो तरीकाले रोपिएका बिरुवाहरू पछि सानो ठाउँमा ( Close spacing) पनि आउन सक्ने हुन्छ ।

-सानो ठाउँमा एकभन्दा बढी अन्नहरू उत्पादन गर्नुहोस् ।

-पहिलेको बाली काट्नेवित्तिकै अर्को नयाँ बिरुवा रोप्नुहोस् ।

कसरी बगैंचाको सतहमा दोहोराएर खन्ने

साना ठाउँमा धेरै भन्दा धेरै उत्पादन गर्ने वा साह्रो माटोमा वा थोरै जैविक पदार्थ भएको ठाउँमा बिरुवा रोप्नका लागि दोहोरो खन्ने प्रणाली सबैभन्दा राम्रो हुनसक्छ ।

बिरुवा रोप्ने ठाउँको चौंडाई, दुईजना मानिसहरूले दुई छेउमा घुँडा मोडेर बसेर बीचमा छुन सक्ने जति हुनुपर्छ । रोप्ने ठाउँ तपाईंले चाहे जति लामो हुन सक्छ ।

माथिल्लो भागमा माटोलाई खुकुलो बनाउने र कम्पोस्ट या मल छर्ने

एउटा छेउबाट सुरु गर्दै ३० से.मि. फराकिलो खाल्डो खन्ने ।

सावेल वा मल खन्ने साधनको मद्दतले खाल्डोको तल भागमा कम्पोस्ट वा मल थप्ने ।

फेरि अर्को खाल्डो खन्ने र त्यसबाट आएको माटोले पहिलो खाल्डो पुर्ने र फेरि त्यसमा पनि कम्पोष्ट वा मल हाल्ने ।

सबै ठाउँमा खाल्डो नखनेसम्म प्रक्रिया दोहऱ्याइरहने । खुकलो पारिएको माटो वरिपरिको भन्दा माथि उठ्छ । रोप्ने ठाउँलाईसम्म बनाउनुहोस् र छेउमा थोरै कोण बनाउनुहोस् ताकि पानी र माटो नबगोस् ।

माथिबाट कम्पोस्ट एक तह थप्नुहोस्। अब यो रोप्नको लागि तयार छ।

बनाइसकेपछि त्यसमा हिंड्न हुँदैन किनभने यसले माटो कडा बनाउछ । यदि तपाईंने रोप्ने ठाउँमा एकचोटी दाहोरो खन्नुभयो भने र हरेक मौसममा प्राकृतिक मल हाल्नु भयो भने तपाईको माटो स्तरीय र खुकलो हुन्छ ।

दूषित माटो

विषालु रासायनहरु जस्तै: रंगहरुबाट, सिसा( Lead) पैट्रोलियम र पुरानो ब्याट्रिहरुमा पाइने सिसा (Lead) ले गर्दा शहरमा माटो दूषित हुनसक्छ । यसले गम्भीर स्वास्थ्य समस्याहरू ल्याउन सक्छ । तपाईंको माटो दूषित छ कि छैन भनेर जान्नका लागि :

-पहिले त्यो ठाउँ कसरी प्रयोग भैरहेको थियो थाहा पाउनुहोस् । यदि यो फ्याक्ट्री,ग्याँस स्टेशन, पर्किङ्ग अथवा फोहोर फाल्ने ठाउँ रहेको भए त्यो ठाउँ दूषित हुन सक्छ ।

-यदि माटोमा रसायनको गन्ध छ भने त्यो माटो दूषित हुनसक्छ ।

-रंगीन भित्ताहरु मुनि रहेको छ भने त्यो सिसाले दूषित हुनसक्छ ।

माटोको नमूनालाई विश्वविद्यालय, प्रचार प्रसार निकाय (Extension Agency)  अथवा निजी प्रयोगशालासमा परीक्षण गर्न सकिन्छ । सिसाको (Lead)  परीक्षण गर्न महंगे । तर अरु प्रदूषण परीक्षण गाह्रो साथै महंगो पनि हुन्छ ।

दूषित माटोमा सुरक्षित रोपाईं

तपाईं दूषित माटोमा पनि सुरक्षित तरीकाले खाना उत्पादन गर्न सक्नुहुन्छ । कडा चिम्टाइलो माटो अथवा कंक्रिट तहले माटोलाई छोप्नु एउटा तरिका हो ।

यसले प्रदूषकलाई भित्र बन्द गर्छ । अन्नलाई माटो वा गहिरो नभएको ठाउँमा उमार्नुहोस् । पात खाने बाली (जस्तै :साग) र जरा खाने बाली (जस्तै गाजर र आलु) भन्दा फलफूलका बिरुवा (जस्तैः गोलभेडा) दूषित माटोमा उमार्नु सुरक्षित हुन्छ किन भने किनभने यिनीहरूले केहीमात्र विष लाई सोस्छ ।

शहरी खेती बरदान (क्यूवाको अनुभव)

क्यूवा एउटा टापु देश हो जहाँ एक पटक धेरै चिनी र सूर्ति निर्यात गर्न धेरै उत्पादन गरिन्थ्यो । योसँगै खेतीको औद्योगिक प्रणाली थियो । जुन पेट्रोलियम र यसमा निर्भर कृषि रसायनमा भर पर्दथ्यो ।

जब सोवियत संघ विघटन भयो क्यूबाले यसको सबैभन्दा ठूलो पेट्रोलियम आपूर्तिकर्ता गुमायो । राजनीतिक असहमतिहरूले गर्दा धेरै देशहरूले क्यूवालाई रसायनहरू बेचेनन वा क्यूवाको उत्पादन खरीद गरेनन् । क्यूवालाई खाद्यान्न उत्पादनका नयाँ तरीका पत्ता लगाउन बाध्य गर्यो ।

क्यूवाले दिगो कृषिलाई आफ्नो नयाँ राष्ट्रिय नीति बनायो । जमीन दान, शिक्षा र स्थानीय बजारको व्यवस्था गरेर यसले दिगो प्रक्रियालाई प्रोत्साहन गयो ।

नयाँ तरीकाहरू विकास तथा विस्तारले गर्दा सबैको लागि प्रशस्त स्वस्थ खाना उपलब्ध भयो ।  अरु देशहरूमा जस्तै धेरै क्यूवालीहरु गाउँबाट सहरतिर सरे ।

अहिले सरकारले दिगो प्रक्रिया प्रयोग गरेर सहरमा खाना उत्पादन  बढाउन प्रोत्साहन गरेको छ । सहरी खेतीले राम्रो पोषणलाई प्रोत्साहन गर्छ साथै रोजगारी र शिक्षा पनि उपलब्ध गराउँछ ।

धेरैजसो ताजा उत्पादन तरकारी, कुखुरा, अण्डा, फलफूल र जडिवुटीको बिरुवा क्यूवाको राजधानी सहर हवाना र यस नजिकका सहरहरूमा खपत हुन्छ । हवानामा उमारिएका विरुवाका औषधिहरु सस्तोमा बेच्ने पसलहरुलाई (Green Pharmcies) भनिन्छ ।

आपतकालिन समयले ल्याएको भए तापनि, दिगो कृषिले क्यूवाका मानिसहरुमा राम्रो परिवर्तन भएको हो ।

  • वातावरणीय स्वास्थ्य, सामुदायिक मार्गदर्शन पुस्तकबाट सभार

 



प्रतिक्रिया दिनुहोस !