४ आश्विन २०८१, शुक्रबार

उर्जा मन्त्री पुनको सचिवालयले भन्यो, ‘कुलमानको नियुक्तिको प्रस्तावबारे छिट्टै निर्णय हुने आशा छ’

प्रकाशित मिति :  17 September, 2020 10:46 am


काठमाडौं, १ असोज । 

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको स्पष्ट पारेको छ ।

घिसिङको पुर्ननियुक्तिको विषयलाई लिएर अन्योलता कायमै रहेका बेला उर्जा मन्त्री पुनको सचिवालयले उक्त जानकारी गराएको हो ।

उर्जा मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाँईले भनेका छन्,”नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।”

चापागाईले प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा व्यक्त गरेका छन् ।

उर्जमन्त्री पुनले सार्वजनिक कार्यक्रमहरुमै घिसिङको फेरि पुर्ननियुक्ति हुने बताईसकेका छन् । तर कार्यकाल सकिएपनि घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त हुनेबारे टुंगो छैन ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !