४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

प्रकाशित मिति :  17 September, 2020 3:09 pm


काठमाडौं,१ असोज । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई आज राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम,दाख्खाक्वाडी १ प्यूठानलाई राष्ट्रियसभा सदस्य मानोनित गर्नु भएको छ ।”

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । उक्त पदमा गौतम मनोनित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !