३ कार्तिक २०८१, शनिबार

देशभर १,२४६ जना कोरोना संक्रमित थपिए,१,२४३ जना निको भए

प्रकाशित मिति :  17 September, 2020 4:46 pm


काठमाडौं,१ असोज ।

देशभर १,२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १०,६४१ पीसीआर परीक्षण गर्दा १२४६ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या ५९,५७३ पुगेको छ ।

त्यस्तै १,२४३ जना निको भएर पछिल्लो २४ घण्टामा घर फर्किएका छन् । यससँगै अहिलेसम्म कोरोना निको हुनेको संख्या ४२,९४९ पुगेको छ ।

कुन जिल्लामा कति भेटिए

प्रदेश १ मा उदयपुरमा १, खोटाङमा १, झापमा ११, धनुकटामा १, मोरङमा १४, सुनसरीमा ५४ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै प्रदेश २ मा धनुषामा १६, पर्सामा १९, बारमा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिराहमा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौमा ५०७, काभ्रेमा २,चितवनमा १०१, दोलखामा ३, धादिङ मा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश ५ को कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १, नवलपरासीमा १६, पाल्पामा १, प्यूठानमा २१, बर्दियामा १३, बाँकेमा २१, रुपन्देहीमा ३ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशमा जाजरकोटमा १, दैलेखमा १०, सुर्खेतमा १ , सुदूरपश्चिम अन्तर्गत अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७, बझाङमा १, बैतडीमा १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङमा उल्लेख छ ।

४ जना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । मृतकमा मोरङमा १,काठमाडौंमा १, चितवनमा १ र कैलालीमा १ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !