३ कार्तिक २०८१, शनिबार

चितवनमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  18 September, 2020 2:22 pm


काठमाडौं,२ असोज । कोरोना भाइरस संक्रमित २ जनाको चितवनमा मृत्यु भएको छ । मृतक मध्ये एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

सर्लाहीे हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । मिर्गाैलाको डायलासिस गरिरहेका उनको भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा पनि अर्का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्साल बताए ।

स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिए । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !