३ आश्विन २०८१, बिहिबार

अन्ततः जनकपुर आइपुग्यो रेल, बिहानैदेखि रेलको प्रतिक्षामा बसेका स्थानीय उत्साहित

प्रकाशित मिति :  18 September, 2020 3:07 pm


काठमाडौं, २ असोज ।

जयनगर-जनकपुर रेलको ट्रेन सेट अन्ततः जनकपुर आइपुगेको छ । नेपालले खरिद गरेको रेल लामो समयको प्रतिक्षापछि आज दिउँसो २ बजे जनकपुर आइपुगेको हो । नेपालले भारतबाट खरिद गरेको रेल परिक्षणको लागि आज नेपाल आएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए ।

उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्र नेपालले भोलि शनिबार स्विकार गर्ने र त्यसपछि मात्रै भारतिय पक्षले नेपाललाई रेल हस्तान्तरण गर्नेछ ।
नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो । गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्राउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ ।

नेपालमा लामो समयपछि जनकपुरमा रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ । रेल आउने भएपछि बिहानैदेखि मानिसहरु रेल स्टेसनमा जम्मा भएर रेलको प्रतिक्षा गरिरहेका थिए । बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलको प्रतीक्षा गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस !