३ कार्तिक २०८१, शनिबार

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० जना संक्रमित, ७ जनाको मृत्यु

प्रकाशित मिति :  18 September, 2020 4:54 pm


काठमाडौं,२ असोज । 

देशभर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । शुक्रवार देशभर थप २ हजार २० जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

११ हजार ४ सय ५८ जनाको पीसीआर गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म देशभर जम्मा संक्रमित संख्या ६१ हजार ५ सय ९३ छ भने ७ जनाको मृत्युसँगै जम्मा मृतक संख्या ३ सय ९० पुगेको छ डा.गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित

प्रदेश १ अन्तर्गत उदयपुरमा २, ओलखढुंगामा १, झापमा ६, भोजपुरमा २, मोरङमा ११८, सुनसरीमा ५८ जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २, सिराहमा १९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौंमा ६९८, काभ्रेमा ६, चितवनमा १९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९, सिन्धुपाल्चोकमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९, लमजुङमा ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश ५ मा अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पा ३, प्यूठानमा १, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६, रोल्पामा ९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै दैलेखमा १, रुकुमपश्चिमा २३, सुर्खेतमा ११७ जना संक्रमित भेटिएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३, बैतडीमा २ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !