३ कार्तिक २०८१, शनिबार

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि उर्जामन्त्री पुन क्वारेन्टाइनमा

प्रकाशित मिति :  18 September, 2020 11:08 pm


काठमाडौं,२ असोज ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुन ५ दिन घर भित्रै क्वारेन्टाइनमा बस्ने भएका छन् । मन्त्री पुन ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरमा क्वारेन्टाइनमा वस्ने उनको सचिवालयले जानकारी दिएको छ ।

५ दिनपछि कोरोना संक्रमणको परिक्षण गरेर मात्रै मन्त्री पुनले भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागि हुने सचिवालयको भनाई छ  ।

सुरक्षाकर्मीमा देखिएको कोरोना मन्त्री पुन लगायतका अन्य सदस्यहरुमा संक्रमण भएको नभएको ५ दिनपछि संकेत देखिने संभावना रहन्छ ।



प्रतिक्रिया दिनुहोस !