३ आश्विन २०८१, बिहिबार

सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन कुलमानको आग्रह

प्रकाशित मिति :  19 September, 2020 5:17 pm


काठमाडौं, ३ असोज ।

सडकमा दिनप्रतिदिन कुलमानको बारेमा आवाज उठ्न थालेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सडकमा भिडभाड गरी प्रदर्शन नगर्न गरेका छन् ।

शनिबार एक बिज्ञप्ति जारी गर्दै कुलमानले महामारीको संवेदनशील अवस्थामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि सडकमा भिडभाड गरी प्रदर्शन नर्गन आग्रह गरेका छन् ।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’



प्रतिक्रिया दिनुहोस !