३ कार्तिक २०८१, शनिबार

१,२०४ जना कोरोना संक्रमित थपिए,१,४४७ निको भए

प्रकाशित मिति :  19 September, 2020 7:21 pm


काठमाडौं, ३ असोज ।

पछिल्लो २४ घण्टामा १,२०४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०,३३३ नमुना परीक्षण गर्दा १,२०४ जना क्रमित भेटिएका हुन् ।

यससँगै कोरोना संक्रमितको संख्या देशभर ६२, ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४५,२६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित

प्रदेश १ मा ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३, सुनसरीमा २३ जना संक्रमित भेटिएका छन् । त्यस्तै प्रदेश २ मा धनुषामा २, पार्सामा ६, बारामा १११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिराहामा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

बागमतीमा काठमाडौंमा ५७०, काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा१३, नुवाकोटमा ४, भक्तपुरमा ८३,मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४, सिन्धुलीमा ७ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५, स्याङ्जामा ३, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नवलपरासीमा १, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ४, बाँकेमा २०, रुपन्देहीमा १ जना संक्रमित थपिएको मन्त्रालयको भनाई छ ।

कर्णाली प्रदेश अन्तर्गत दैलखमा २, सुर्खेतमा ३, सुदूरपश्चिम अन्र्गतका जिल्लामा कैलीलीमा ८, डडेल्धुरामा ३, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !