३ आश्विन २०८१, बिहिबार

दाङको बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा

प्रकाशित मिति :  20 September, 2020 12:59 pm


दाङ, ४ असोज ।

दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् ।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आजदेखि पठन -पाठन सुरु भएको हो ।

गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ ।

गाउँपालिकामा शिशुदेखि कक्षा पाँचसम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा जम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वालीले जानकारी दिए ।

लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।



प्रतिक्रिया दिनुहोस !