३ आश्विन २०८१, बिहिबार

आजदेखि आन्तरिकतर्फका हवाई उडान सञ्चालनमा

प्रकाशित मिति :  21 September, 2020 8:45 am


काठमाडौं, ५ असोज ।

झण्डै ६ महिनापछि आजदेखि आन्तरिकतर्फका उडान खुल्ला भएका छन् । वायु सेवा कम्पनीहरुले आजदेखि व्यवसायिक उडान सुरु   गर्दैछन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउनका कारण स्थगित वायुसेवालाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

वायुसेवा कम्पनीले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिँदै विभिन्न सुरक्षाका तरिका अपनाएर सेवा सञ्चालन गर्नेछन् । कोरोना लक्षण देखिएका र संक्रमितलाई विमानमा यात्रा गर्न निषेध गरिएको छ। विमानमा अनिवार्य मास्क लगाउनु व्यवस्था गरिएको छ ।

कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ।

यती एअरलाइन्सले हवाई यात्राका लागि सार्वजनिक गरेको नियमहरु

 



प्रतिक्रिया दिनुहोस !