३ कार्तिक २०८१, शनिबार

काठमाडौं महानगरमा ५३८ सहित उपत्यकामा थपिए ६७४ जना संक्रमित

प्रकाशित मिति :  21 September, 2020 5:05 pm


काठमाडौ,२९ भदौ ।

पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ५सय ३८ जना सहित उपत्यकामा थप ६ सय ७४ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ५सय ३८, ललितपुरमा ६३ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष, ललितपुरमा ३१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !