४ आश्विन २०८१, शुक्रबार

पूर्व सभामुख महराले रोल्पा नगरपालिकाका ६६ वटा विद्यालयलाई मास्क पठाए

प्रकाशित मिति :  21 September, 2020 7:21 pm


काठमाडौं, ५ असोज । 

पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिकाका ६६ वटा विद्यालयका लागि ६ हजार ६ सय विभिन्न थरीका मास्क पठाएका छन् ।

उक्त मास्कहरुलाई नगरशिक्षा समितिको बैकल्पिक सिकाई सहजीकरण कार्यक्रम कार्ययोजना – २०७७ को अवसरमा नगर प्रमुख पूर्ण केसीले सबै बिद्यालयहरुलाई हस्तान्तरण गरेका छन् ।

नगर शिक्षा समितिले तयार पारेको अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने क्रियालापहरु बाल शिक्षादेखी कक्षा ८ सम्मका लागि पाठयपुस्तक समेत नगर प्रमुख केसीले हस्तान्तरण गरेका हुन् ।

आज २४ वटा बिद्यालयमा र भोली बाँकी ४२ वटा बिद्यालयलाई पाठयसामाग्री र मास्कहरु प्रदान गरिदैछ ।

नगर शिक्षा समितिले गरेको निर्णय अनुसार कोभिड १९ को जोखिमपूर्ण परिस्थितिमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउने उपाय सहित बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावकहरुको समन्वयमा र परामर्शमा हाललाई अनौपचारिक कक्षा सञ्चालन गर्ने र जोखिमपूर्ण परिस्थिति सामान्य बन्दै गएको अवस्थामा पुर्णरुपमा कक्षा सञ्चालन गर्ने समेत निर्णय भएको नगर शिक्षा समितिका उपसचिव महेन्द्र पराजुलीले जानकारी दिए ।

हाललाई जोखिमको अवस्था रहेकाले सबैको सजगता अनिवार्य हुुनपर्नेमा उनको जोड छ । रोल्पा नगर शिक्षा समितिको विभिन्न चरणमा छलफल तथा बैकल्पिक सिकाई सहजीकरण कार्यक्रमको कार्ययोजना तयार भईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !