४ आश्विन २०८१, शुक्रबार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रोल्पा नगरपालिकाको कार्यालय बन्द

प्रकाशित मिति :  22 September, 2020 8:43 am


रोल्पा, ६ असोज । 

कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि रोल्पा नगरपालिकाको कार्यालय बन्द गरिएको छ ।

नगरपालिकाले सूचना जारी गरेर आजदेखि १५ गतेसम्म कार्यालय बन्द गरिएको जानकारी गराएको छ । असोज ३ गते १४ जनाको पीसीआर परीक्षण गरेकोमा रोल्पा नगरपालिकाका २ जना कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी गराएका छन् ।

पौडलद्धारा जारी सूचनामा भनिएको छ, “यस अवधिमा रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्धारा प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने व्यहोरा सर्वसाधारणमा जानकारी गराउँदै बन्दबाट पर्न जाने असुविधाप्रति नागरपालिका परिवार क्षमता प्रार्थी छ ।”



प्रतिक्रिया दिनुहोस !