३ आश्विन २०८१, बिहिबार

अनशनलाई निरन्तरता दिन काठमाडौं आइपुगे डा.गोविन्द केसी

प्रकाशित मिति :  22 September, 2020 2:02 pm


काठमाडौं,६ असोज । नेपालगञ्जबाट ११ : १५ बजेको फ्लाइटमा काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।

जुम्लामा यसअघि अनशन बस्दा प्रहरीले बल प्रयोग गरेको र सरकारले अनशनको बेवास्ता गरेको भन्दै केसीले काठमाडौं आउने निर्णय गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !