३ आश्विन २०८१, बिहिबार

शिखर इन्स्योरेन्सले यस वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने

प्रकाशित मिति :  22 September, 2020 3:48 pm


काठमाडौं, ६ असोज । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५्रर७६ को आम्दानीबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ ।इन्स्योरेन्सको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५र७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीको २०७६र७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समिति समक्ष पश गर्ने निर्णय गरेको छ।इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र ७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उसले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले आर्थिक वर्ष ०७५र७६ र ०७६र७७ को साधारणसभासमेत एकैपटक गर्ने जनाएको छ । कम्पनीका अनुसार विद्यमान कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय निकायबाट जारी निर्देशनलाई समेत मध्यनजर गर्दै ०७६र७७ को वित्तीय विवरणहरुको बिमा समितिबाट सैद्धान्तिक सहमतिपश्चात् नेपाल वित्तीय प्रतिवेदनबमोजिम वित्तीय विवरणहरुसमेत बिमा समितिबाट स्वीकृति लिई दुवै आर्थिक वर्षको साधारणसभा चाँडोभन्दा चाँडो सम्पन्न गर्न तयार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !