सुनको मुल्यमा गिरावट जारी, बुधबार प्रतितोला १२ सयले घट्यो
काठमाडौं,७ असोज । नेपाली बजारमा मंगलबार भारी गिरावट आएको सुनको मुल्यमा बुधबार पनि गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १२ सयले घटेर ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै मंगलबार चाँदीको मुल्यमा पनि भारी गिरावटसँगै ९० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ३०मा कारोबार भइरहेका थियो भने आज प्रतितोला ४० रुपैयाँले घटेर तोलाको १ हजार १सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत आइतबार स्थिर रहेको सुनको सोमबार भने तोलामा २०० रुपैयाँले बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।