ललितपुरमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु
प्रकाशित मिति : 23 September, 2020 1:30 pm
काठमाडौं, ७ असोज । ललितपुरमा थप दुई जना कोभिड(१९ का संक्रमितको मृत्यु भएको छ। मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
ल्लितपुर नै घर भएका ८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पताल भर्ना भएका थिए । उनको भर्ना भएको ठिक एक महिनामा मृत्यु भएको हो ।
त्यस्तै ललितपुरका ७४ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उपचारको लागि भदौ १७ गते अल्का अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।