८ मंसिर २०८१, शनिबार

मोलुङ हाईड्रो कर्मचारीको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति :  23 September, 2020 2:46 pm


ओखलढुंगा,७ असोज । ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

मोलुङ हाईड्रोको हाईटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका–१२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

मृतावस्थामा विद्युत्को पोलमा झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मुचुल्का गरी खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । –रासस



प्रतिक्रिया दिनुहोस !