रेडमी नोट ८ र नोट ८ प्रो नेपालमा सार्वजनिक, यस्ताे छ मूल्य र विशेषता
काठमाडाैं, ४ मंसिर
चाइनिज टेक ब्राण्ड शाओमीले रेडमी नोट ८ र नोट ८ प्रो नेपालमा सार्वजनिक गरेकाे छ । बुधबार ब्लगर मिट गरेर सार्वजनिक गरेकाे फाेनमा ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५ सय एमएएच ब्याट्रि जडित छ ।
बुधबारदेखि नेपालभर सम्पूर्ण एमआईका अधिकृत पार्टनर, तथा अनलाइनमा डराज सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जस अनुसार रेडमी नोट ८ काे ६ जीबी र्याम र ६४ जीबी स्टाेरेज भर्नसकाे मूल्य १८ हजार ९९९ र ६ जीबी प्लस १२८ जीबी भर्सनकाे मूल्य २३ हजार ९९९ ताेकिएकाे छ । मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लु गरि तीन रंग अप्सनमा फाेन किन्न पाइने छ ।
भारतमा नम्बर वान ब्राण्डकाे रूपमा स्थापित भइसकेकाे र शाओमीकाे नाेट ८ सिरिज पछिल्लाे चर्चित सिरिजमा पर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले बजारमा ग्राहकहरुलाई निकै आकर्षित गर्ने बताएका छन् । ”विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ,’’ स्मार्टफाेन सार्वजनिक गर्दै उनले भने ।
रेडमी नोट ८ प्रो ६ जीबी र ८ जीबी र्याम अप्सनमा छ । ६ जीवी र्याम र ६४ जीबी स्टाेरेज अप्सनकाे मूल्य २६ हजार ९९९ ताेकिएकाे छ भने ६ जीबी र्याम र १२८ जीबी स्टाेरेज अप्सनकाे मूल्य २९ हजार ९९९ ताेकिएकाे छ । कम्पनीले ८ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सनकाे मूल्य ३२ हजार ९९९ ताेकेकाे छ । यो फोन पनि तीनवटा कलर भेरियन्ट, गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा उपलब्ध छन् । फाेनका विशेषताहरू यस्ता छन्,
रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड
क्यामेरा बिस्ट
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो जी९०टी मोबाइल प्लेटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ ।
रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुर्लभ संयोजन हो । एक पूर्ण ज्म्ं १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ । रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउछ ।
कौशल कम्प्युटिङमा ठुलो
मिडियाटेक हेलियो जी९०टी मा ६ं२ आर्किटेक्चरको विशेषता रहेको छ जसमा ६ वटा एआरएम कोर्टेक्स ए५५ कोर्स छ जुन २.० गीगाहर्जसम्म चल्छ भने २.०५ गीगाहर्जसम्म चल्ने दुई कोर्टेक्स ए७६ कोर्सले भारी काम पनि सजिलै होओस् भनेर सुनिश्चित गर्दछ । यो क्वाड–कोर माली जिपियू जी७६ ८०० मेगाहर्जले गेमिङ पर्फमेन्शमा उच्चतम गुणस्तर कायम रहोस् भनि सुनिश्चित गर्दछ ।
शाओमीको सुधारिएको लिक्वीड कुल प्रविधिले अपरेटिङ तापक्रम कम गर्दै लामो अवधिसम्म कायम रहने पिक परफरमेन्स सुनिश्चित गर्दछ । ८ जीबीसम्म र्याम क्षमता भएको रेडमी नोट ८ प्रो एक शक्तिशाली गेमिङ स्मार्टफोन हो । एक अतिरिक्त वाइफाइ एक्स एन्टेनाले निर्बाध गेमिङको अनुमति दिन्छ यसको मतलब रेडमी नोट ८ प्रो मा टियूभी रेइल्याण्डको TÜV Rheinland’s नेटवर्क लेटेन्सी प्रमाणीकरण छ ।
६४ एमपी क्वाड क्यामेरा सेटअप
पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउछ । यसले रेडमी नोट ८ प्रो लाई अत्यन्त बहुमुखी इमेजिंग टुल बनाएको छ जसमा प्रयोगकर्ताहरुले विभिन्न परिपे्रक्ष्य र दृश्यहरु खिच्न सक्छन् ।
विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रो मा परिष्कृत इमेजिंग प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीरहरु तीव्र, विस्तृत र आकर्षक रंग उचित ढंगले खिच्दछ । कम प्रकाशमा, रेडमी नोट ८ प्रो को मुख्य क्यामेराले स्वचालित रुपमा सुपर पिक्सल ट्रिगर गर्दछ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर प्रयोगकर्तालाई अविश्वसनीय विवरण सहित १६ एमपी सट प्रदान गर्दछ ।
एलेक्सा बिल्ट–इन विथ डुअल वेक
रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्ताहरुलाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्यहरु कार्यान्वयन गर्न मद्दत गर्दछ जसमा संगीत बजाउने पनि समावेश छ तर यतिमा मात्रै सिमित छैन, द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा कीवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ ।
रेडमी नोट ८ प्रो डुअल वेक भएको विश्वकै पहिलो स्मार्टफोन हो जसमा दुवै गुगल एसिस्ट र अमेजन एलेक्सा एकैसाथ प्रयोग गर्न सकिन्छ ।
४५०० एमएएच ब्याट्रीको साथमा १८ वाटको चार्जिङ
प्रयोगकर्ताहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै रेडमी नोट ८ प्रो मा ठुलो क्षमता भएको ४,५०० एमएएच ब्याट्री मात्र नभएर आउट अफ बक्स १८ वाटको यूएसबी टाइप–सी फास्ट चार्जिङ पनि छ । प्रयोगकर्ताहरुले १८ वाट्ट फास्ट चार्जिङको लाभ लिन सक्छन् जुन आउट अफ बक्स हो त्यस बाहेक अरु के चाहियो ।
रेडमी नोट ८–४८ मेगापिक्सेल क्वाड अल राउन्डर
रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो । ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ फूलएचडी प्लस भिजुअल अनुभव प्रदान गर्दछ जसको प्रभावशाली स्क्रिन–टु–बडी रेसियो ९० प्रतिशत रहेको छ । डिस्प्लेले ब्लु लाइटलाई फिल्टर गरेर प्रयोगकर्तालाई आखाँको तनावबाट जोगाउँदै आरामदायी अवलोकन अनुभव प्रदान गर्दछ ।यसमा कोर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाई दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट जोगाउछ । यसका साथै रेडमी नोट ८ मा पी२आई न्यानो कोटिङ छ जसले स्प्लास प्रतिरोधी बनाउँछ ।
रेडमी नोट ८ एक फोटोग्राफी पावर हाउस हो जसको रियरमा क्वाड क्यामरा सेटअप छ । यसको ४८ एमपी अल्ट्रा हाई रिजोलोशन प्राइमरी क्यामरासहित ८ एमपी अल्ट्रा वाईड क्यामरा, १२० डिग्री फिल्ड भ्यू, २ एमपी म्याक्रो लेन्स, २ एमपी डेप्थ सेन्सरले कुनै पनि दुरिका आकर्षक तस्वीर खिच्न मद्दत गर्दछ ।
रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामरा छ जसको ारद्द।ण् अपर्चर र बिल्ट–इन एआई प्रविधिले प्रयोगकर्तालाई प्रत्येक पटक पर्फेक्ट सेल्फी खिच्न मद्दत गर्दछ । फ्रन्ट क्यामेरामा प्यानोरमा सेल्फीको विशेषता पनि छ जसमा ग्रुपका सबैलाई समेटेर तस्वीर लिन सकिन्छ र यो रेडमी नोट सिरिजमा पहिलो पटक समावेश गरिएको हो ।
क्वालकम स्न्यापड्रागन ६६५ मोबाइल प्लेटफर्मले पावर इफिसेन्सी कायम गर्दै उत्कृष्ट परफरमेन्स प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।