३ आश्विन २०८१, बिहिबार

६ महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा

प्रकाशित मिति :  23 September, 2020 5:34 pm


काठमाडाैं, ७ असाेज । 

काेरोना भाइरसकाे महामारीका कारण ६ महिनादेखि बन्द रहेका फुटसल आजदेखि सञ्चालनमा आएका छन् । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले एक विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरेकाे जनाएको छ ।

नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख  गरिएकाे छ । सङ्घले जिल्ला प्रशासन कार्यालयसित स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो ।

फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ  । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताएका छन् । संघका अनुसार विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !