बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश
प्रकाशित मिति : 23 September, 2020 6:50 pm
काठमाडाैं, ७ असाेज ।
भर्खरमात्र राष्ट्रियसभा सदस्यमा नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गाैतमलाइ कुनै संवैधानिक जिम्मेवार नदिन अन्तरिम आदेश जारी गरेकाे छ ।
गाैतमकाे नियुक्ति संविधानकाे विपरित भएकाे भन्दै दायरा रिटमा आदेश गर्दै न्यायाधीश आनन्दमाेहन भट्टराइकाे एकल इजलाशले यस्ताे आदेश गरेकाे हाे ।
प्रतिनिधीसभा निर्वाचनमा पराजित हुँदा समेत राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरकाे माग राख्दै वरिष्ट अधिवक्ता दिनेश त्रिपाटीले सर्वाेच्चमा रिट दायरा गरेका थिए ।
गाैतम मन्त्रिपरिषदबाट सिफारिस भएर राष्ट्रपतिबाट मनाेनित भइ असाेज १ गते राष्ट्रिय सभा सदस्यकाे सपथ ग्रहण लिएका थिए ।