९ पुस २०८१, मंगलबार

नारायणगढ मुग्लिनमा सडक खण्डमा खसेको पहिरो सवारी साधन रोकेर पन्छाउने काम हुँदै

प्रकाशित मिति :  24 September, 2020 10:02 am


फाइल फाेटाे

चितवन ८ असोज । विहिवार बिहानबाट एकतर्फी रुपमा खुलाइएको नारायणगढ मुग्लिन सडक खण्डमा दुवैतर्फी सवारीसाधनको आवागमन रोकेर पहिरो पन्छाउने काम भइरहेको छ ।

गएराती चारकिलो भन्ने स्थानमा लेदोसहित पहिरो खसेर अवरुद्ध बनेको सडक बिहान साढे २ घण्टा एकतर्फी खुलाइएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

ट्राफिक कार्यालय अनुसार अप्ठ्यारोमा परेका केही सवारीसाधनलाई पास गरेर दुईतर्फी आवागमन बन्द गरेर बाटो खोल्ने काम सुरु गरिएको हो । एकैपटक दुईतर्फी सडक खुलाउन र काममा अवरोध नहोस् भनेर सडक बन्द गरेर काम गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !