३ आश्विन २०८१, बिहिबार

जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह

प्रकाशित मिति :  24 September, 2020 10:16 am


काठमाडौ ८ असोज ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै बाढीरपहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्वसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन् ।

केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण ठूला नदीमा आकस्मिक बहाव आउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !