१९ आश्विन २०८१, शनिबार

काठमाडौं महानगरमा ६०९ सहित उपत्यकामा थपिए ७५५ जना संक्रमित

प्रकाशित मिति :  24 September, 2020 4:44 pm


काठमाडौ,८असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ६सय ९ जना सहित उपत्यकामा थप ७ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ६सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !