१३ मंसिर २०८१, बिहिबार

डा.केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न र सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगको आग्रह

प्रकाशित मिति :  25 September, 2020 2:16 pm


काठमाडौँ, ९ असोज ।

राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द के.सी.को जीवन रक्षा प्रति संवेदनशील बन्न र विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयनको माग राख्दै जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित बाबिरामष्ट मन्दिरमा आमरण अनसन सुरु गरेका थिए ।

उनलाई अहिले काठमाडौँ ल्याईएको छ र शिक्षण अस्पतालमा अनसन जारी राखेका छन् । आयोगले अनसनमा बसेका डा. गोविन्द के.सी.को अवस्थाप्रति आफ्नो गम्भिर ध्याकर्षण भएको जनाएको छ ।

आयोगले भनेको छ, “स्वास्थ्य अवस्था विग्रिँदै गएकाले अनसनको नवौं दिन डा. के.सी.लाई नेपालगञ्ज हुँदै काठमाडौंँ ल्याई वीर अवस्पताल स्थित ट्रमा सेन्टरमा लगिएपनि उहाँलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखेको पाइएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शीररहेको पोटासियम,म्याग्नियस र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक पटकको अनसानका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा बुझिएको छ ।”

डा.के.सी.को जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको प्रति पनि आयोगको ध्यानकर्षण भएको जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ,” चिकित्सा शिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील हुन, डा.के.सी. सँग नेपाल सरकारले विगतमा पटक पटक गरेको सम्झौताहरुप्रति गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न तथा विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोग नेपाल सरकारकाको ध्याकर्षण गराउँदछ ।”

आयोगले आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नखोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !