३१ भाद्र २०८१, सोमबार

तेजाब आक्रमण गर्नेलाई कडा कारवाही गर्न सरकारले ल्यायो अध्यादेश

प्रकाशित मिति :  25 September, 2020 4:45 pm


काठमाडौं,९ असोज ।

सरकारले बढ्दै गएको तेजाब आक्रमणलाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कडा कारबाही गर्ने गरी अध्यायदेश ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यायदेश अध्यायदेश पारित गरेको हो ।

फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संसोधन गर्न बनेको यो अध्यादेश राष्टपतिबाट प्रमाणीकरण भएपछि नयाँ कानुनका रुपमा कार्यन्वयनमा आउनेछ ।

अध्यादेशले मुलुकी अपराध संहितामा फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ ।

१० देखि २० वर्ष सम्म कैद सजाय
कुनै पनि व्यक्तिले एसिड आक्रमण गरेर पिडितका तेजाबजस्ता घातक रसायन छ्यापी आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार पिडकलाई १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

२० वर्ष कैद वा १० लाख जरिवाना
पिडितको दुबै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा यस्तो गर्ने पिडकलाई २० वर्ष कैद र १० लाख जरिवाना ।

१० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखसम्म जरिवाना
एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखस्म्म जरिवाना ।

पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना
शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।त्यस्तै एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना ।

माफी मिनाहा नहुने
यसरी दोषी ठहर भएर सजाय काटिरहेको व्यक्तिले असल चाल चालन देखाएमा कैद छुट हुने वा माफी मिनाहा पाउने सुविधा नपाउने अध्यादेशमा उल्लेख छ। यो सजाय एकदिन पनि माफीमिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने फौजदारी निर्धारण गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐनलाई थप गर्दै यस्तो बनाउने अध्यादेशमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !