४ आश्विन २०८१, शुक्रबार

दाङमा सवा तीन अर्ब रुपैयाँ राजश्व सङ्कलन

प्रकाशित मिति :  26 September, 2020 3:07 pm


काठमाडौँ, १० असोज ।

कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले ३ अर्ब १६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेका छन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले २ अर्ब १० करोड राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

ती मध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरुले २ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रु ६२ करोड १६ लाख राजश्व सङ्कलन गरेका छन् ।

कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिँचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजश्व सङ्कलन गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !