३ कार्तिक २०८१, शनिबार

साताको पहिलो दिन सुनको मुल्य प्रतितोला ६ सयले घट्यो

प्रकाशित मिति :  27 September, 2020 1:06 pm


काठमाडौं, ११ असोज । नेपाली बजारमा सुनको मुल्यमा गत साता देखिनै निरन्तर गिरावट आइरहेको छ । साताको पहिलो दिन आइतबार आज पनि बजारमा छापावाला सुनको मुल्य प्रतितोला ६ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार भने छापावाला सुन प्रतितोला ८ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै गत शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढ्दै १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मुल्य १० रुपैयाँले घट्दै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरुले बताए । कोरोना भाइरस विरुद्ध खोप भन्ने सम्भावानासँगै मानिसहरु व्यापार व्यवसाय संचालन गर्न थालेपछि त्यसका प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !