३ कार्तिक २०८१, शनिबार

आज ८०९ जना संक्रमित थपिएसँगै उपत्यकामा संक्रमितको संख्या साढे २१ हजार नाघ्यो

प्रकाशित मिति :  27 September, 2020 4:42 pm


काठमाडौ,११ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ६सय ६३ जना सहित उपत्यकामा थप ८ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ६सय ६३, ललितपुरमा १सय४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !