९ मंसिर २०८१, आइतबार

सरकारले प्रतिकिलो ६० रुपैयाँमा प्याज बेचेपछि सर्वधारणको भिड

प्रकाशित मिति :  28 September, 2020 1:32 pm


काठमाडौं, १२ असोज । सरकारले काठमाडौका विभिन्न ठाउँबाट बरामद गरेको प्याज बिक्री गर्न थालेको छ ।काठमाडौका विभिन्न स्थानमा बजार अन’गमनका क्रममा बरामद भएको प्याज प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुगमनका क्रममा बरामद गरेको १२ हजार किलो बढि प्याज उपभोक्तालाई सहुलियत मुल्य बिक्री गर्न लागेको हो ।

सर्वसाधारणले बजारमा प्रतिकिलो १२० देखि १४० रुपैयाँ सम्म पर्ने प्याज खाद्य बजारले सस्तो मुल्यमा बेच्न राखेपछि प्याज किन्न सर्वसाधारणको भिड लागेको छ ।

खाद्य कम्पनीका अनुसार बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बिक्री गरिने प्याज एक जनाले ३ किलो सम्म किन्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !