११ मंसिर २०८१, मंगलबार

धरानस्थित बीपी अस्पतालमा एक संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  28 September, 2020 4:01 pm


धरान, १२ असाेज । 

धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना महिला काेराेना संक्रमितकाे साेमबार मृत्यु भएकाे छ । धरान उपमहानगरपालिका २ स्थित ३८ बर्षीय महिलालाई आईतबार राति प्रतिष्ठानकाे आकस्मिक कक्षमा भर्ना गरिएकाे थियाे ।

उनलाई ज्वराेखाेकी, श्वासप्रश्वास समस्या र  निमाेनियाकाे लक्षण देखिएकाे थियाे । उनकाे उपचारका आज विहान ५ बजेर ४५ मिनेटमा निधन भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !