३ कार्तिक २०८१, शनिबार

काठमाडौं महानगरमा ६३९ सहित उपत्यकामा थपिए ८१७ जना संक्रमित

प्रकाशित मिति :  28 September, 2020 4:39 pm


काठमाडौ,९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ६ सय ३९ जना सहित उपत्यकामा थप ८ सय १७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ६ सय १७, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार ३२४ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !