भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते
काठमाडाैं, १५ असाेज ।
प्रत्येक वर्ष कात्तिकमा हुने भिटामन ए कार्यक्रम याे बर्ष मंसिर ११ र १२ गते हुनेभएकाे छ ।
सरकारले हरेक बर्ष वैशाख र कार्तिक महिना सञ्चालन गर्ने कार्यक्रम याे बर्ष काेराेना माहामारीका कारण वैशाखमा खुवाउने कार्यक्रम एक महिना ढिला गरेकाे कारण ६ महिना खुवाइने हुनाले पछि सरेकाे परिवार कल्याण महाशाखाले जनाएकाे छ । मंसिर ११ र १२ गते भिटामिन ए र जुकाकाे अाैषधी खुवाउने कार्यक्रम रहेकाे जानकारी दिएकाे छ ।
देशभरका ६ महिनादेखि ५ वर्ष वर्षसम्मका बालबालिकाहरूलाइ भिटामिन ए र १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाइ जुकाकाे अाैषधी र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकलाइ पाेषकतत्व बालभिटा खुवाउने कार्यक्रम रहेकाे छ ।
देशभरका २७ लाख बालबालिकालाइ भिटामिन ए, ६ लाख बालबालिकालाइ बालभिटा र २४ लाख बालबालिकालाइ जुकाकाे अाैषधी खुवाइने महाशाखाले जनाएकाे छ ।