४ कार्तिक २०८१, आइतबार

२४ घण्टामा देशभर हाल सम्मकै धेरै २७२२ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

प्रकाशित मिति :  2 October, 2020 4:40 pm


काठमाडौं,१६असोज । पछिल्लो २४ घण्टामा देशभर हाल सम्मकै धेरै थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभरमा १४ हजार ७ सय ३९नमुना परीक्षण गर्दा २ हजार ७ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ८२ हजार ४सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना संक्रमणम’क्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने मध्ये ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५सय २० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !