४ आश्विन २०८१, शुक्रबार

भालुवाङ आसपासको क्षेत्रमा अर्को आदेश नभएसम्म जग्गा किनबेच र कित्ताकाटमा रोक

प्रकाशित मिति :  2 October, 2020 7:51 pm


रुपन्देही, १६ असोज ।

प्रदेश -५ को राजधानी प्रस्ताव गरिएको भालुवाङ आसपासको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको छ ।

राप्ती गाउँपालीका पुरै भाग, गढवा गाउपालिकाको वडानम्वर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ८ र ९ को जग्गामा यस्तो रोक लगाइएको हो ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । राजधानी बन्ने भन्ने हल्लासंगै जग्गाको किनबेच वढ्ने आकलन गरिएको समयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले यस्तो निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

प्रदेश-५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने निर्णय, प्रदेश सभामा प्रस्ताव पेश



प्रतिक्रिया दिनुहोस !