४ आश्विन २०८१, शुक्रबार

प्रदेश-५ को राजधानी देउखुरी राख्ने प्रदेश सरकारको निर्णय उपयुक्त छ : सभापति घर्ती

प्रकाशित मिति :  2 October, 2020 8:38 pm


फाइल फोटो

काठमाडौं, १६ असोज ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले प्रदेश-५ को राजधानी भालुवाङमा राख्ने प्रदेश सरकारको निर्णय उपयुक्त भएको बताएकी छन् ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै सभापति घर्तीले भौतिक संरचनागत हिसाबले घोराही भएको भए अझै राम्रो हुने भएपनि भालुवाङ क्षेत्रपनि उपयुक्त भएको उल्लेख गरिन् । घर्ती रोल्पाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।

उनले भनिन्,“ सबै भन्दा राम्रो त घोराहीमा भएको भए राम्रो हुन्थ्यो तर देउखुरी भएपनि ठिकै छ, सबैलाई पायक पर्छ । राजधानी छेउमा हुनु राम्रो होईन सबैलाई केन्द्रमा हुने गरेर निर्णय भएको छ सापेक्षिक हिसाबले यो राम्रो हो ।

प्रदेश ५ सरकारले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेर प्रदेश सभामा प्रस्ताव पेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस !