३१ भाद्र २०८१, सोमबार

भालुवाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने निर्णय स्वागतयोग्य छ : रोल्पा कांग्रेस सभापति पुन

प्रकाशित मिति :  2 October, 2020 8:57 pm


काठमाडौं, १६ असोज ।

नेपाली कांग्रेस रोल्पाले प्रदेश स्थायी राजधानी भालुवाङ क्षेत्रलाई बनाउने प्रदेश-५ सरकारको निर्णय स्वागत गरेको छ ।

प्रदेश सरकारले उपयुक्त निर्णय गरेको नेपाली कांग्रेस रोल्पा सभापति अमरसिंह पुनले बताए । लुम्बिनी सञ्चारसँग कुरा गर्दै पुनले भने, “पहिलो संविधानसभाका बेला रोल्पालाई ६ नम्बर(कर्णाली प्रदेश) मा राख्न खोजियो पछि प्रदेश ४ मा राख्न खोजिएको थियो तर हामीले विरोध गर्यौं । मैले त यो क्षेत्रको राजधानीपनि भालुवाङ हुनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री सुशील कोईरालासँगपनि भनेको थिए ।”

पूर्वराज्यमन्त्री समेत रहेका सभापति पुनले पाल्पा, नवलपरासी र गुल्मीका केही क्षेत्रलाई असहज भएपनि विकासका कारण धेरै समस्या नपर्ने उल्लेख गरे ।

उनले भने, “समग्रमा भालुवाङ क्षेत्र सबैको केन्द्रमा पर्छ १२ मध्य ३ जिल्लाका अलि छेउमा रहेका वासिन्दालाई समस्या परेपनि यसलाई विकासमार्फत हल गर्न सकिन्छ ।” यो निर्णयले रोल्पावासीलाई खुशी बनाएको सभापति पुनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !