४ कार्तिक २०८१, आइतबार

देशभर थप २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित मिति :  3 October, 2020 4:45 pm


काठमाडौं,१७ असोज ।

पछिल्लो २४ घण्टामा देशभर थप २१ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभरमा १२ हजार ९सय ८ नमुना परीक्षण गर्दा २१ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर अहिले सम्म जम्मा संक्रमितको संख्या ८४ हजार ५सय ७० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभरमा २ हजार ४३ जना कोरोना मुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको प्रवक्ता डा. गौतमले बताए ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश १ मा उदयपुरमा ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोरङमा १११, संखुवासभामा ३, सुनसरीमा १२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै धनुषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५, सिराहमा ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश अन्तर्गत काठमाडौँमा १,००१, काभ्रेमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १०९, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा १ र स्याङ्जामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा ७, प्यूठानमा ६, बर्दियामा १०, बाँकेमा १९, रुपन्देहीमा ९८ र रोल्पामा १ जना नयाँ कोरोना संक्रमित भेटिएका मन्त्रालयको तथ्याङ्क छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेख ९ र सुर्खेतमा ४३ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुलामा १,बझाङमा १ र बाजुरामा १ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजनाएको छ ।



प्रतिक्रिया दिनुहोस !