४ कार्तिक २०८१, आइतबार

उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  3 October, 2020 5:02 pm


काठमाडौ,१७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा १ हजार १ जना सहित उपत्यकामा थप ११ सय ७७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १००१, ललितपुरमा १०९र भक्तपुरमा ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्।



प्रतिक्रिया दिनुहोस !