४ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्रीका तीनैजना सल्लाहकारलाई कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  3 October, 2020 5:23 pm


काठमाडौं, १७ असोज ।

प्रधानमन्त्रीका तीनै जना सल्लाहकारमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुले हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

प्रमुख सल्लाहकार रिमाल र  सल्लाहकार भट्टराईले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् भने प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत आफलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् । उनीहरुले यसबीचमा सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गर्न अनुरोध गरेका छन्।

प्रधानमन्त्री निवासमा खटिएका सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि उनीहरूमा कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !