४ आश्विन २०८१, शुक्रबार

स्थायी राजधानीको किचलो:मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

प्रकाशित मिति :  4 October, 2020 9:00 pm


रुपन्देही, १८ असोज ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमाथि लक्षित गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ ।

काठमाडौँबाट रुपन्देही फर्कदै गरेका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।  प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकेर मुख्यमन्त्री पोखरेल काठमाडौँ गएका थिए । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !