६ दिनदेखि बन्द वैदेशिक राेजगार कार्यलय आजबाट खुल्ने
प्रकाशित मिति : 5 October, 2020 8:16 am

काठमाडाैं, १९ असाेज ।
६ दिनदेखि बन्द रहेकाे वैदेशिक राेजगार कार्यलय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुन संचालन हुँदैछ ।
कार्यलयमा कार्यरत एक जनामा काेराेना संक्रमण देखिए पछि गत बृधबारदेखि कार्यलयबाट सेवा बन्द गरिएकाे थियाे ।
वैदेशिक राेजगार विभागले प्रवेशाज्ञा समय सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी राेजगारी गुम्ने जाेखिम भएका सेवाग्राहीकाे समस्यालाई मध्ये नजर गरी सिमित सेवा प्रदान गर्न लागिएकाे जनाएकाे छ ।