४ आश्विन २०८१, शुक्रबार

भक्तपुरमा गाडीमै सामूहिक बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ

प्रकाशित मिति :  5 October, 2020 10:03 am


भक्तपुर, १९ असोज ।
भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गरेका अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ­१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको हो ।

भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेपछि खाजतलासका क्रममा दुईजना प्रकाउ परेका हुन् । एकजना फरारकाे खाेजी भइरहेका प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले हिजो जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस !