४ आश्विन २०८१, शुक्रबार

आज मंगल चाैथी, श्री गणेश भगवानको पुजा आराधाना गरिदै

प्रकाशित मिति :  6 October, 2020 8:26 am


काठमाडौं, २० असोज ।

आज मगंल चाैथी । हिन्दु धर्म संस्कार अनुसार कुनै पनि कार्य गर्दा बिध्न बाँधा उत्पन्न नहाेस भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशकाे आराधाना र स्मरण गर्ने गरिन्छ ।

श्री गणेशलाइ मङ्गलकारक देवताका रुपमा पुजा गर्ने चलन छ । आज मङ्गलबारलाई भगवान गणेशकाे दिनकाे रुपमा मान्ने चलन पनि छ । श्री गणेश भगवानकाे तिथी  चतुर्थी पर्ने भएकाले आजकाे दिनलाइ मङ्गल चाैथी भनेर बिषेश पुजा र आराधाना गरेर मनाइने चलन रहेकाे छ ।

मङ्गलबार ब्रत शुरु गर्ने हरूका लागि पनि आजकाे दिनबाट थालनी गर्दा उत्तम हुने गर्दछ । गणेश भगवान शुभफल प्रदान गर्ने देवताकाे रुपमा चिनिन्छन् । आजकाे दिन श्रद्दा पुर्वक श्री गणेशकाे ब्रत बस्नाले गणेश भगवान प्रशंन्न भइ मनले चिताएकाे पुग्ने धार्मिक विश्वास रहि आएकाे छ ।

गणेश भगवानकाे पुजा गर्दा जप्ने मन्त्र

वक्रतुंड महाकाय ,सूर्यकाेटि समप्रभ

निर्विध्नं कुरुमे देव ,सर्व कार्येषु सर्वदा 

 

 



प्रतिक्रिया दिनुहोस !